चार जिल्लाका सीडीओको सरुवा


१७ चैत्र २०७८, बिहीबार
griha mantralaya

काठमाडौं । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । गृह मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ । यसैगरी कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरिप्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७