रुसद्वारा युक्रेनको मारिउपोलमा युद्धविराम घोषणा


१७ चैत्र २०७८, बिहीबार
Russia attack ukrine 7jRgUVpiwj

काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय सहर मारिउपोलमा युद्धविराम घोषणा गरेको छ । युद्धविराम बिहीबार बिहानदेखि लागू हुने बीबीसीले बताएको छ । रुसले आम नागरिकलाई सुरक्षितरुपमा सहरबाट बाहिर निकाल्ने उद्देश्यका साथ युद्धविराम घोषणा गरेको हो ।

समाचार एजेन्सी एएफपीले बुधबार रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ, ‘यो मानवीय अभियानको सफलताको लागि, हामी संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त र अन्तर्राष्ट्रिय रेड क्रस सहितको प्रत्यक्ष सहभागिताको प्रस्ताव गर्छौं ।’

मारिउपोलबाट जापोरज्झियासम्म मानवीय कोरिडोर स्थानीय समयअनुसार बिहान १० बजे खुल्ने छ । यद्यपि युक्रेनले यो घोषणालाई लिएर अहिलेसम्म केही उल्लेख गरेको छैन । मारिउपोलमा यसअघि पनि युद्धविरामको प्रयास भएको थियो । यद्यपि दुवै पक्षमा देखिएको विश्वासको अभावको कारण सम्भव हुन सकेको थिएन ।

रुसमाथि हजारौं नागरिकलाई रुस वा रुस नियन्त्रित क्षेत्रमा जबरजस्ती लैजाने गरेको आरोप लागेको छ । यसअघि मारिउपोल सहर बामबारीको कारण ध्वस्त भएको स्याटेलाइट तस्बिरहरु सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७