युक्रेन छोड्नेको संख्या ४० लाख नाघ्यो


१७ चैत्र २०७८, बिहीबार
ukraine 3

किभ । रुसले आक्रमण शुुरू गरेदेखि हालसम्म युक्रेन छोड्नेको संख्या ४० लाख नाघेको छ । यो संख्या युद्धको शुरुमा गरिएको अनुमान भन्दा सबैभन्दा बढी हो ।

संयुक्त राष्ट्रसंघका अनुसार पलायनको गति र मापन दोस्रो विश्वयुद्धताका भन्दा बढी रहेको छ । राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले ५ हप्ताको अवधिमा देशका अनुमानित ७५ लाख बालबालिकामध्ये आधाभन्दा बढी विस्थापित भएको बताएको छ । २५ लाख आन्तरिक र १८ लाख विदेशमा विस्थापित भएको जनाइएको छ ।

देश छोडेर भागेकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चयुक्त युएनएचसिआरले युद्धले अन्ततः चार लाख शरणार्थीहरू सिर्जना गर्न सक्ने बताएको छ । यसैबीच, युएनएचसिआरका प्रमुख फिलिपो ग्रान्डी युद्धबाट विस्थापित, उत्पन्न परिस्थितिलगायत विषयमा छलफल गर्न युक्रेन पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७