सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील


१८ चैत्र २०७८, शुक्रबार
chunab

सुनसरी । सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् ।

जिल्लाका कुल १६६ वटा मतदानस्थल मध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी समान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिने छन् ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा मतदानस्थलको अनुगमन सुरु गरेको प्रजिअ यादवले बताए । सुनसरीको कोसी, भोक्राहा नरसिंहलगायत दक्षिणी क्षेत्रको मतदानस्थलको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७