टिकटकलाई ‘खसाल्न’ फेसबुकले चलखेल गरेको खुलासा


१९ चैत्र २०७८, शनिबार
facebook and tiktok1648832596

काठमाडौं । यसअघि फेसबुकको कम्पनी ‘मेटा’ले एक राजनीतिक परामर्श फर्म, ‘टार्गेटेड भिक्ट्री’लाई टिकटकलाई तल खसाल्ने अभियान सञ्चालन गर्न पैसा दिएको आरोप लगाएको थियो । जसबारे उक्त फर्मका कार्यकारी प्रमुखले प्रतिक्रिया दिएका छन् ।

यसमा समाचार एजेन्सी वासिङ्टन पोस्टले हेरेका आन्तरिक इमेलहरूमा सो फर्म, अमेरिकी बालबालिकाहरूका लागि टिकटक डरलाग्दो हुनसक्ने अभियानमा लक्षित रहेको देखिएको थियो । फर्मका प्रमुख ज्याक मोफटले भने पोस्टको यो रिर्पोटले आफूहरूको कामलाई गलत ढङ्गमा प्रस्तुत गरेको र यसमा ठहर गरिएका कुरा सरासर झुटा भएको ट्वीट गरेका छन् ।

यसपछि बीबीसीले कम्पनी मेटालाई यो मुद्दामा बोल्न सम्पर्क गरेको थियो । जसमा त्यहाँका प्रवक्ताले भने, ‘हामी के विश्वास गर्छौं भने टिकटकसहित सबै प्लेटफर्मले बढ्दो सफलतासँगै कुनै न कुनै छानबिनको सामना गर्नुपर्ने हुन्छ ।’
वासिङ्टन पोस्टमा लेखिएको छ, ‘फर्मको ‘बेर-नकल’ भन्ने अभियानमा अमेरिकी क्षेत्रीय समाचार आउटलेट्सका सम्पादकहरूलाई आफ्ना न्युज साइटमा टिकटक ट्रेन्डसम्बन्धी नकारात्मक कथालाई प्रचार गर्ने टिप्पणी राख्न पत्र लेखिएको थियो । जुन वास्तवमा फेसबुकबाट उत्पति भएको पाइएको छ । तर, यसमा उनीहरूले मेटासँगको संलग्नताबारे कतै उल्लेख गरेका छैनन् ।

यसको प्रतिक्रियामा मोफटले ट्विट गर्दै भने, ‘यसमा के भन्न खोजिएको छ भने सम्पादकहरूलाई लेखिएको पत्रका शब्द वास्तवमा लेखकका होइनन् । न उनीहरूलाई यसमा मेटा कम्पनीको संलग्नताबारे थाहा थियो । तर, यो गलत हो ।’ अन्य आन्तरिक इमेलमा हेर्दा पनि टार्गेटेड भिक्ट्री फर्मले आफ्ना पार्टनरलाई टिकटकका डरलाग्दा ट्रेन्डसँग सम्बन्धित लेख स्थानीय मिडियासम्म पुर्‍याउन अनुरोध गर्दै आएको छ ।

वासिङ्टन पोस्टले हेरेको एक इमेलमा टार्गेटेड भिक्ट्रीका स्टाफले ‘नृत्यदेखि खतरासम्म टिकटक कसरी बालबालिकाका लागि हानिकारक सामाजिक सञ्जाल बनिरहेको छ’ भन्ने जस्ता शीर्षकका लेख सबैभन्दा उत्तम हुने भनेर लेखेका छन् । यसरी टार्गेटेड भिक्ट्रीले टिकटकसँग सम्बन्धित खतरनाक ट्रेन्डको रिपोर्टलाई ठूलो बनाएर प्रचार गर्न प्रोत्साहन गरेको आरोप लगाइएको छ ।

यसमा ‘डेभियस लिक्स च्यालेन्ज’ भन्ने ट्रेन्डबारे उल्लेख गरिएको छ । जसमा बच्चालाई स्कुलको सम्पति बिगार्न र भत्काउन उक्साइन्छ । त्यस्तै, शिक्षकलाई झापड हान्ने च्यालेन्जबारे पनि रिपोर्टमा लेखिएको छ । तर, न्युज साइट इन्साइडरले गरेको अनुसन्धानमा यस्तो चुनौती कतै नभएको पत्ता लागेको हो ।

पोस्टकाअनुसार पत्रकारिता खोजका क्रममा ती च्यालेन्जसम्बन्धी लेख र कथा पहिले फेसबुकबाट नै फैलिन सुरु भएको पाइएको थियो । यस्तोमा अमेरिकी शिक्षक युनियनका प्रमुखले डेभियस लिक्स जस्ता च्यालेन्जको प्रचार गरी अमेरिकाका विद्यार्थी, अभिभावक र शिक्षकलाई तर्साएको फर्ममाथि आरोप लगाएका छन् ।

जुन कुरा यसअघि टिकटक आफैले पनि उल्लेख गरेको थियो । उक्त लेख प्रकाशित भइसकेपछि कम्पनीले बीबीसीसँग कुरा गर्दै आफ्ना प्लेटफर्ममा ती च्यालेन्ज नहुँदा समेत यसले वास्तविक जीवनमा प्रभाव पारेको बताए । तर, मोफटको ट्विटमा वासिङ्टन पोस्ट आफैले टिकटकका अनुचित च्यालेन्जबारे रिपोर्ट गरेको दाबी गरिएको छ ।

२०१६ मा मोफटले ‘ट्रेन्डिङ टपिक फिचर’ मा हस्तक्षेप गरेको र फेसबुकसम्बन्धी प्रगतिशील धारणामात्र प्रचार गरेको आरोपपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग एक हाइ-प्रोफाइल बैठकअन्तर्गत भेटेका थिए । जसलाई टार्गेटेड भिक्ट्रीले अस्वीकार गर्दै आएको छ ।

यसअघि २०१८ मा द न्युयोर्क टाइम्सले पनि फेसबुकका शंकाष्पद गतिविधिबारे खुलासा गरेको थियो । यसमा फेसबुकले भाँडामा लिएको ‘पब्लिक रिलेसन्स’ कम्पनी, डिफाइनर्सले फेसबुकविरोधी अभियान चलाउने समूह ‘फ्रिडम फ्रम फेसबुक’लाई फाइनान्सर जर्ज सोरोसले सञ्चालन गरिरहेको भन्ने गलत दाबी फैलाएको थियो । पछि यस खबरसम्बन्धी जुकरबर्गसँग प्रश्न गर्दा उनले डिफाइनर्सको यस्ता कदमबारे आफूलाई केही थाहा नभएको र आफ्नो कम्पनी अब सो फर्मसँग काम नगर्ने बताएका थिए । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७