ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको गयो ज्यान


१९ चैत्र २०७८, शनिबार
dojar

धादिङ । धादिङको धुनीबेंसी नगरपालिका-१ स्थित ढुङ्गाखानीमा शनिबार पहिरो जाँदा एक जनाको ज्यान गएको छ ।

धुनिबेंसी नगरपालिका-१ मा पर्ने जयसिद्धी रोडा ढुङ्गा उधोग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताएका छन् । घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगि अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७