देशभर पेट्रोलका लागि लाइन, अधिकांश पम्पमा झुण्डिन थाले ‘पेट्रोल छैन’ का सूचना


१९ चैत्र २०७८, शनिबार
petrol line

काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने डरमा देशभरका पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ । पेट्रोलियम पदार्थको बिक्री बापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा बसेका हुन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदखि पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । तर, व्यवसायीले अस्वीकार गर्दै ढुवानी ठप्प पारेका छन् ।

भारतबाट १८ चैतमा आएको नयाँ मूल्यसूची केही घपघट देखिएको छ । नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीमा प्रतिलिटर डिजेलमा २ पैसा, मट्टीतेलमा २२ रुपैयाँ १९ पैसा र हवाइ इन्धनमा ४ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ । पेट्रोलमा भने १ रुपैयाँ ४८ पैसा घटेर आएको छ । निगमले भने अझै मूल्यमा थपघट गरेको छैन ।

तर, पेट्रोलिमय पदार्थको ढुवानी रोकिएको छ । निगमले कमिसन कटौती गरेपछि व्यवसायीहरूले शुक्रबार रातिदेखि ढुवानी बन्द गरेका हुन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै व्यवसायीहरुले डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेपछि समस्या समाधानका लागि आयल निगम अहिले छलफलमा जुटेको छ ।

‘हामी समस्या समाधानका लागि प्रयासरत छौ, आज दिनभरीमा केही न केही निकास निस्कन्छ’ निगमका प्रवक्ता विनितमणी उपाध्यायले भने । उनकाअनुसार देशभरकै पेट्रोलिय पदार्थको डिपो आज खुला राख्न भनिएको छ । डिपो खुला राखे नराखेको बारे अनुगमन भईरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७