टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए कीर्तिमान


१९ चैत्र २०७८, शनिबार
Dipendraa jVgdo3KT36

काठमाडौं । युवा ब्याटर दीपेन्द्रसिंह सिंहले ऐरीले टी-२० आई क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । घरेलु मैदानमा भएको टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबार भएको मलेसियासँगको खेलमा ११० रनको अविजित पारी खेल्दै ऐरी टी-२० मा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी बने ।

ऐरीले ५५ बलमा शतक प्रहार गरेका हुन् । यसअघि नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए । दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का मद्दतमा ११० रनमो अविजित पारी खेले ।
योसँगै दीपेन्द्र टी-२० आई क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी समेत बने । ऐरीले पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा बनाएको १०७ रनको कीर्तिमानी भङ्ग गरे ।

मलेसियासँगको खेलसँगै ऐरी टी-२० आईमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी समेत बने । उनले पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई पछि पार्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । टी-२० मा ऐरीले ९७९ रन बनाएका छन् । पूर्व कप्तान खड्काले ७९९ र मल्लले ७४८ रन बनाएका छन् । ५४८ रन बनाएका कुशल भुर्तेल चौथो स्थानमा छन् ।

खेलमा दीपेन्द्रले टी-२० आईमा पाँचौ अर्धशतक पुरा गरेका थिए । मलेसियाविरुद्धको खेलमा दिपेन्द्रले ३६ बलमा ७ चौका मद्धतमा अर्धशतक पुरा गरेका थिए । सिरिजमा दिपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि पीएनजीविरुद्ध ऐरिले ६६ रन बनाएका थिए । यसअघि रोहित पौडेलले टी-२० आईमा पहिलो अर्धशतक हानेका थिए । ३२ बलमा अर्धशतक पुरा गरेका रोहितले ३३ औँ बलमा पवेलियन फर्केका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७