मालीमा तीन सय विद्रोही मारिए


२० चैत्र २०७८, आईतवार
mali

काठमाडौं । अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २०३ जना बिद्रोही लडाकु मारिएका छन् । मालीको सालेश राज्यमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको छ । कारबाहीकै क्रममा ५१ जना पक्राउ परेका छन् भने ठूलो परिमाणमा हातहतियार बरामद गरेको जनाइएको छ ।

दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकु समूह पछिल्लो समय सक्रिय हुन थालेपछि सेनाले उनीहरुबिरुद्ध कारबाही तीब्र बनाएको हो ।

मालीमा द्वन्द्वका कारण हजारौं विस्थापित भइसकेको छन् । सो बिद्रोही समूहले पछिल्लो समय मालीको मोरा गाउँमा गरेको आक्रमणमा तीन सय नागरिकको ज्यान गएको थियो । मालीमा इस्लामिक स्टेट आइएस र अलकायदा सम्बद्ध बिद्रोही समूह सक्रिय छन् । करिब २ करोड १० लाख जनसंख्या रहेको मालीका विभिन्न शहर सन् २०१२ देखि विभिन्न विद्रोही र मिलिसियाको नियन्त्रणमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७