सुनसरी-मोरङका उद्योगमा अघोषित लोडसेडिङ, रातभरी जान्छ बिजुली


२१ चैत्र २०७८, सोमबार
bijuli
सांकेतिक तस्वीर

मोरङ । सुनसरी र मोरङमा सञ्चालित अधिकांश उद्योग अघोषित लोडसेडिङको मारमा परेका छन् । विगत एक सातादेखि इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको गुनासो उद्योगीहरुले बताएका छन् ।

दैनिक १४ घण्टासम्म विद्युत् कटौती भए पनि विद्युत प्राधिकरणले यसलाई लोडसेडिङ भनेको छैन । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए पनि विगच एक सातादेखि रातभरी विद्युत कटौती हुने गरेको छ । प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरु थप समस्यामा परेको उद्योगीहरुले बताएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए । सरकार र प्राधिरकणले बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्ने गरेको उनको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७