जनसांस्कृतिक महासंघमा अधिकारी


२१ चैत्र २०७८, सोमबार
adhikari

काठमाडौं । नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौं राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।

महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामथ्र्यका आधारमा सङ्गठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे । आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित भएका छन् ।

एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गरेका थिए ।

बन्द सत्रबाट साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा घोषणापत्र मस्यौदा समितिका तर्फबाट यशोदा अधिकारीद्वारा प्रस्तुत गरेका ११ बुँदे समसामयिक प्रस्ताव पारित भएको थियो । यही चैत १८ गते एमालेका अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गरेका थिए भने शनिबार महासङ्घ मातहतका विभिन्न सात विधागत घटकको अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७