बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२२ चैत्र २०७८, मंगलवार
gold

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको भाउमा भने गिरावट देखिएको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७