धादिङमा चुनावको टिकट विवादले कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते


२३ चैत्र २०७८, बुधबार
ranabahadur tamang dhading JWJH3cEaMq

धादिङ । बैसाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा टिकटको चर्चा पनि चुलिन थालेको छ ।
धादिङमा चुनावी सरगर्मी बढिरहेका बेला स्थानीय निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट नै भएको छ ।

कुटाकुटमा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । तर उनको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार घटना मंगलबार रातिको हो । ‘एक जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेका छौं’, प्रवक्ता भण्डारीले भने । पक्राउ परेका व्यक्तिको नाम भने केही बेरपछि उपलब्ध गराउने उनले बताएका छन् । आक्रमणबाट अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७