गभर्नर निलम्बन ‘कटुवाल प्रकरण’ पछि माओवादीको अर्को गम्भीर भूल : शंकर पोखरेल


२६ चैत्र २०७८, शनिबार
shankar pokhrel 1

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर निलम्बन गरेर नेकपा माओवादी केन्द्रले अर्को गम्भीर भूल गरेको टिप्पणी गरेका छन् ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको भन्दै शुक्रबारदेखि निलम्बन गरेको हो । यो निर्णयमा प्रतिक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्ष दल एमालेका महासचिव पोखरेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाएको सत्ता साझेदार माओवादी केन्द्रप्रति आक्रोश पोखेका हुन् ।

उनले प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुवाल हटाउन खोजेको घटनासँग जोडेका छन् । अहिले गभर्नर निलम्बन गरेर माओवादीले दोस्रो पटक गम्भीर भूल गरेको टिप्पणी पोखरेलले गरेका हुन् ।
‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल हो- गभर्नरको निलम्बन,’ एमाले महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफैं हुन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७