विप्लवलाई ओलीको प्रस्ताव : सूर्य चिन्हमा चुनाव लड्न आउनुस्

‘चुनाव सार्ने सत्ता गठबन्धनको षड्यन्त्रको मतियार नबन्नुस्’


२९ चैत्र २०७८, मंगलवार
Biplab kp sharma oli pmWYAr5jv3

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न प्रस्ताव गरेका छन् ।मंगलबार ललितपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा ओलीले विप्लवको दल दर्ता नभएकाले चुनाव सार्ने षड्यन्त्र भइरहेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

‘या त विप्लवजीहरूले चुनावमा भाग लिएर स्वतन्त्र रूपमा लाग्नुपर्छ । तपाईंका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस् । पार्टी तपाईंकै हुन्छन् । कार्यकर्ता तपाईंकै हुन्छन् । तर, सूर्य चिह्नबाट चुनाव लड्नुस् । जित्ने तरिका त्यो हो नि, आउनुस् न’, ओलीले भने ।

ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई चुनाव हुन नदिने पाँच दलीय गठबन्धनको षड्यन्त्रको मतियार नबन्न आग्रह गरेका छन् ।
नेकपा एमाले ललितपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन विप्लवको बहाना देखाएर चुनाव सार्ने खेलमा लागेको र अध्यादेशमार्फत कानून ल्याउने षड्यन्त्र भइरहेको बताए । उनले प्रतिगामी तत्वहरू अहिले पनि चुनाव सार्न कोशिस गरिरहेको आरोप लगाए ।

‘लोकतन्त्र समाप्त पार्न, २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले पहिला स्थानीय निकाय रिक्त बनाउनु भएको थियो,’ उनले भने, ‘अनि प्रतिगमनमा पुर्‍याउनु भएको थियो । स्थानीय निकाय रिक्त बनाउने उहाँ नै हुनुहुन्थ्यो ।’

यस्तै अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू अहिले पनि चुनाव सार्न कोशिस गरिरहेको बताएका छन् । ‘लोकतन्त्र समाप्त पार्न, २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले पहिला स्थानीय निकाय रिक्त बनाउनु भएको थियो,’ उनले भने,‘ अनि प्रतिगमनमा पुर्‍याउनु भएको थियो । स्थानीय निकाय रिक्त बनाउने उहाँ नै हुनुहुन्थ्यो ।’

ओलीले चुनाव सार्न खोजिएको संकेत गर्दै भने, ‘म विप्लवजीलाई आग्रह गर्न चाहन्छु तपाई षडयन्त्रकारी होइन इमानदार नेता भनेर बनाएको छवि नबिगार्नुस् । कतै पाँच दलीय गठबन्धनको षडयन्त्रको सिकार भएर विप्लवजीहरू मौका पाए चुनाव लड्छौँ भन्ने बहाना बनाइरहेको त छैन ?’

ओलीले विप्लवका नेता कार्यकर्तालाई रिहा गर्न र चुनावको वातावरण बनाउन केहीले नरोकेको भन्दै यही बहानामा वैशाख ३० गते निर्धारित चुनाव सार्न नमिल्ने र नपाइने बताए । उनले यसो गरिए देशविरुद्ध षडयन्त्र हुने भन्दै एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने प्रस्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७