सलोनले खोले लाउन्च एण्ड बार


३० चैत्र २०७८, बुधबार
2 1 InaISMjuvU

काठमाडौं । पछिल्लो समय नेपाली कलाकारहरु धमाधम व्यवसायमा पनि हात हालिरहेका छ । धेरैजसो कलाकारको रोजाइ रेष्टुरेन्ट व्यवसाय देखिएको छ । यहि भिडमा अभिनेता सलोन बस्नेत पनि थपिएका छन् ।

बस्नेतले नयाँ वर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलमा आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका छन् । एक करोडभन्दा बढी लगानीमा लाउन्च सञ्चालनमा ल्याएको बस्नेतले जानकारी दिए । बस्नेतलाई उक्त व्यवसायमा साथी रविन कँडेलले सघाएका छन् ।

हरेक दिन लाइभ म्यूजिक प्रस्तुति हुने लाउन्चमा ‘सफिक हप ब्यान्ड’ ले गीत गाउने छ । लाउन्चमा इण्डियन, चाइनिज, कन्टिनेन्टल लगायत सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए । ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ सुविधा पनि छ । यहाँ १५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनु हुनेछ’, सलोनले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७