भृकुटीमण्डपमा खुल्ला दोहोरी प्रतियोगीता हुने


११ चैत्र २०७४, आईतवार
dohari

काठमाडौं, ११ चैत । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रष्ठाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मुल नाराका साथ १७ वर्ष पहिले स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भृकृटीमण्डपमा दोहोरी गीत प्रतियोगिता हुने भएको छ । dohari

भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा प्रतिष्ठानले आईतबार राजधानीको पत्रकार सम्मेलन गरेर ‘हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर’ भन्ने मुल नाराकासाथ अर्ना खुल्ला दोहोरी गीत प्रतियोगीता गर्न लागेको जानकारी दिए ।

प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने समुहले क्रमशः १ लाख ५१ हजार १ यस रुपौयाँ, १ लाख १ हजार १ सय रुपैयाँ, ५७ हजार ७ सय ७७ रुपैयाँ र २७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता चैत १३ गतेदेखि १७ गतेसम्म भृकुटिमण्डपको पुष्प बगैचामा सम्पन्न हुने जानकारी गराए । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको रक्षा र प्रतिष्ठानको आफ्नै भवन निर्माणको लागि खुल्ला दोहोरी गीत प्रतियोगीता गर्न लागेको बताए ।

‘यति सुन्दर देशको लोक संस्कृतिलाई बचाउन र मौलिक संस्कृतिको माथि प्रहारलाई रोक्न यस्ता प्रतियोगिताको आयोजना गर्न आवश्यक छ, हामी यहि अभियानमा छौँ’, उनले भने ।

प्रतियोगीतामा देशभर ४० वटा समुह र बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।  उक्त लोक दोहारी प्रतियोगीता कार्यक्रममा प्रवेश हुनको लागि ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा भाग लिन चाहने समुहले १ हजार रुपैयाँ दस्तुर तिरेर टिम दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७