गायक प्रमोद खरेल चढेको गाडी दुर्घटना : ‘एअर ब्याग र सिट बेल्ट’ ले जोगायो ज्यान


१६ बैशाख २०७९, शुक्रबार
pramod.jpg2 dqMWSs2XGo

काठमाडौं – गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गए राति १ बजेतिर गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाडौं आएर स्वास्थ्य जाँच गराएको उनले बताएका छन् । शरीरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उनले बताएका छन् । यस्तै एअर ब्याग र सिट बेल्टको प्रयोग गरेका कारण आफ्नो ज्यान जोगिएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७