आइपीएल क्रिकेट : कोलकातालाई हराएर लखनउ शीर्षमा


२५ बैशाख २०७९, आईतवार
thumb 5

काठमाडौं । लखनउ सुपर जायन्ट्सले शनिबार कोलकाता नाइटराइडर्सलाई सजिलै ७५ रनले हराएर इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को शीर्ष स्थानमा उक्लेको छ । यो जितपछि उसको १६ अंक भएको छ । लउखनउको यो लगातार चौथो जित हो ।

गुजरात सुपर जायन्ट्स समान १६ अंकमा दोस्रो स्थानमा छ । कोलकाता भने यो फराकिलो हारपछि आठ अंकमा आठौं स्थानमा रह्यो । जितका लागि १ सय ७७ रन पछ्याएको कोलकाता १४।३ ओभरमा अलआउट हुने क्रममा १ सय १ रनमा अलआउट भयो ।

आन्द्रे रसेलको ४५ रन बाहेक कोलकाताका लागि कसैले गतिलो योगदान दिएनन् । यस अगाडि लखनउले क्विन्टन डे ककको ५० रनको मद्दतले सात विकेटमा १ सय ७६ रन बनाएको थियो । शनिबारकै अर्को खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई छ विकेटले पराजित गरेको थियो । राजस्थान १४ अंकमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७