१७ वर्षीया किशोरी सहचालकबाट बलात्कृत, पीडितका बाबुको कुटाइबाट चालकको मृत्यु


२५ बैशाख २०७९, आईतवार
pakrau
सांकेतिक तस्वीर

इलाम । इलाममा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको आरोपमा बा ५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई बैशाख २० गते राति इलाम नगरपालिका-७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेपछि किशोर फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनालाई लिएर पीडित किशोरीको बुबाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका-२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना छन् । उनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । (कारखानाबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७