बाँकेमा मोटरसाइकल दुर्घटना, दुई युवाको मृत्यु


२७ बैशाख २०७९, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बाँके । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । सोमबार राप्तीसोनारी गाउँपालिका-८ गल्ली कुटानमा भे १० प २७८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र २५ वर्षीय किशोर बसौली छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७