कोञ्जेसोम गाउँपालिका : उम्मेदवारको जोड सडक सुधार, कृषि व्यावसायीकरण र पर्यटन


२७ बैशाख २०७९, मंगलवार
konjyonbasi WTgh0FeSrL


ललितपुर । काठमाडौंबाट नजिकै भएर पनि विकासका हिसाबले पछि परेको कोञ्जेसोम गाउँपालिकाका उम्मेदवारहरूले सडक सुधार, खानेपानीको व्यवस्था, कृषि र पशुपालनलाई व्यावसायिक बनाउने विषयलाई नै चुनावी एजेण्डा बनाएका छन् ।

आफूहरु अध्यक्ष-उपाध्यक्ष निर्वाचित भए कृषि, पशुपालन र पर्यटन विकास गर्ने सबै उम्मेदवारको प्रतिबद्धता छ । सांस्कृतिक, जातीय, धार्मिक र जैविक विविधताले भरपुर यस स्थानबाट काठमाडौं उपत्यका र तराईका कतिपय ठाउँ नियाल्न सकिने हुँदा यहाँ पर्यटन प्रवर्धनको प्रशस्त सम्भावना छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कतिपय वडाका घर-घरमा पानी नपुगेकाले सबैतिर खानेपानीको व्यवस्था गर्ने उम्मेदवारले पालिकावासीको घर-घरमा पुगेर प्रतिबद्धता जनाउँदै आएका छन् । बिर्खेधारा-दलचोकी-सङ्खु-इकुडोल सडक, मध्यमार्गी सडक (लेले-गोटिखेल) र लेले-चन्दनपुर सडक पालिकासँग जोडिएका मुख्य सडक हुन् । यिनको सुधारमा आफूहरु लाग्ने उम्मेदवारहरुले बताएका छन् ।

city
ncll 2

आफू अध्यक्षमा निर्वाचित भए सडक स्तरोन्नति र सुधारमा पहिलो ध्यान दिने नेकपा (एमाले)का कृष्णमान लामा बताउँछन् । पालिकाका पाँच वडाबाट केन्द्रसम्म कच्ची सडक पुगे पनि त्यहाँ सुधारको काम बाँकी रहेकाले आफू निर्वाचित भएमा सुधार गरेर पक्की बनाउने उनको जोड छ । यो गाउँपालिका भएर अरु पालिका र जिल्ला जाने तीन सडक छन् । प्रदेश र सङ्घीय सरकारमातहतका सडकमा पनि समन्वय बढाएर चाँडो निर्माण गराउने योजनामा रहनुभएका उम्मेदवार लामा भन्छन्, ‘पालिका जोड्ने तीनवटै सडक सुधार गर्नसके मात्रै नागरिकको जीवन सजिलो बन्छ ।’

jagdamba.cement
nepal liquors

काठमाडौं उपत्यकाको धुलो र धँुवाबाट एक दिन टाढा गएर बास बसौं भन्नेहरुका लागि यहाँ पर्यटनको राम्रो सम्भावना रहेकाले उपत्यकाका पर्यटकलाई आकर्षित गर्न सकिनेमा जोड दिँदै उनी भन्छन्, ‘यहाँ आन्तरिक र बाह्य दुवै पर्यटनको सम्भावना छ, हामीले पर्यटक यहाँसम्म आउने र बास बस्ने व्यवस्था मिलाउनु पर्छ ।’

किसानको कृषि र पशुपालन पेसा निर्वाहमुखी भएकाले त्यसलाई व्यावसायीकरण गर्न सकिने, तरकारी खेतीको राम्रो सम्भावना भएकाले पाँचै वडामा तरकारीको पकेट क्षेत्र बनाएर किसानलाई सहजीकरण गरिने, यहाँका उत्पादन छोटो समयमा र ताजा नै काठमाडौँसम्म पुर्‍याउने सकिनेमा उम्मेदवार लामा जोड दिनुहुन्छ । सिँचाइको व्यवस्था गरेर बेमौसमी तरकारी खेती विस्तार गरिने, किसानलाई मल तथा बीउबिजनमा सहयोग गरेर सङ्कलन केन्द्रमार्फत बजार व्यवस्थापन गरिने उनको भनाइ छ ।

तामाङ, मगर, पहरीलगायत जातिको चेतनको विकास तथा शैक्षिक विकासमा जोड दिइने, सङ्खुमा १० शैंयाको अस्पताल निर्माण भइरहेकामा यसलाई व्यवस्थित गरिने अन्य स्वास्थ्यचौकीका पनि पूर्वाधार सुधारका साथै चिकित्सकीय सेवा दिलाइनेमा लामा जोड दिन्छन् । कोञ्जेसोमका मुख्य तीन सडकलाई आफ्नो पालिकाभित्र कालोपत्र गर्ने योजना रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्षका उम्मेदवार गोपीलाल सिङतान बताउँछन् ।

यसअघि अध्यक्षका रूपमा पाँच वर्ष काम गर्दा सडकलगायत पूर्वाधार निर्माण गरिएको र अब निर्वाचित भएमा पाँच वर्ष स्तरोन्नतिमा लाग्ने उनले मतदातालाई बताउँदै आएका छन् । पालिका जोड्ने तीन वटै सडक कालोपत्र गर्ने योजना अघि बढाउने बनाउनुभएका उम्मेदवार सिङतान भन्छन्, ‘अबको पाँच वर्ष कतुवान-सङ्खु-भटृेडाँडा सडकलगायत यहाँका कुनै पनि सडक हिलो र खाल्डा नहुने गरी ड्रेन बनाउने र ग्राभेल गर्ने कामलाई अघि बढाइनेछ ।’

१० शैंयाको अस्पतालका साथै पाँचव टै वडामा रहेका बर्थिङ सेन्टर व्यवस्थित गरेर सञ्चालन गर्ने सिङतानको योजना छ । योग्यता र क्षमता भएका शिक्षकलाई प्रोत्साहन गरिने र अभिभावकले निजी विद्यालयको आशा गर्न नपर्ने गरी सामुदायिक विद्यालयको विकास गरिने उनी बताउँछन् । पर्यटकीय पूर्वाधार विकास गरिने र यहाँ मासिकरूपमा दुईदेखि ५०० पर्यटक भित्र्याइने सिङतानको लक्ष्य छ । जातीय विशेषतासहितको घरबास (होमस्टे) को विकास गरिने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन रु पाँच लाखसम्म बिनाधितो ऋण व्यवस्था गरिने, दूध उत्पादन अझै बढाउन किसानलाई प्रोत्साहन गरिने, महिला सशक्तीकरण र समान पहुँचका लागि अबको पाँच वर्षमा उनीहरुको आर्थिक र नेतृत्व विकासको क्षमता विस्तार गरिने सिङतानको योजना छ ।

महिलालाई उत्पादनमा जोडेर वित्तीय कारोबार गर्ने संस्थासँग सरल, सहज ब्याजका लागि पालिकामार्फत समन्वय गरिने र ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माणभन्दा घर-घरमै खुसी र शुखीपूर्वक पाल्न पाल्ने वातावरण निर्माण गरिने, सामाजिक सुरक्षा भत्ता घर-घरमा पुर्‍याइने र अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याइनेमा उनी जोड दिन्छन् ।

कोञ्जेसोममा खानेपानी र सडकको बढी समस्या रहेकाले त्यसैको समाधानमा लाग्ने नेकपा (एमाले) की उपप्रमुखकी उम्मेदवार रणिता तामाङको भनाइ छ । कृषि विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गरी सबै वडामा सङ्कलन केन्द्र स्थापना गरिने र पशुपालनलाई व्यावसायिक बनाउने उनको योजना छ । पूर्वाधार विकास खासगरी सडकको स्तरोन्नति र सुधारको योजना तामाङले मतदातालाई सुनाउँदै आएकी छन् । मदिरापानका कारण महिला हिंसाका घटना भइरहेकाले यसकोे रोकथाममा गरिने अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सजिलै भत्ता पाउने व्यवस्था मिलाइ र खानेपानीको सुविधा घरघरमै पुर्‍याइने उनी सुनाउँछिन् ।


नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार बनेका राजनप्रसाद घिमिरे यहाँको पाँच वडामा पहिलो कृषि र पर्यटनको विकास गरी आर्थिक उपार्जन र रोजगारी अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । यहाँ प्राकतिकरुपमै भ्यूटावर रहेकाले काठमाडौउपत्यका, हिमाल, पहाड र तराई अवलोकन गराइ पर्यटन प्रवर्धन गराउन पहल गरिने उनी बताउँछन् । सङ्खु, दलचोकीलगायतका ठाउँमा दैनिक ठूलो परिणाममा दुग्ध उत्पादन रहेकाले त्यसलाई कृषिसँग जोड्न तरकारी, फलफूल र पशुपालनमा आवश्यक सहयोग उपलब्ध गराएरै किसानको जीवन अघि बढाउनुपर्नेमा उम्मेदवार घिमिरे जोड दिन्छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७