मतपत्रमा आफै छाप लगाउँदै गरेका मतदान अधिकृत पक्राउ


३० बैशाख २०७९, शुक्रबार
dhanusha voting woNIZdshdn

धनुषा । धनुषाको मिथिला नगरपालिका-८ जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा समातिएका छन् ।

मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् । दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो । उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको छ ।

पाँच मिनेटभित्रमै उनले २ वटा मतपत्रमा रुख छापमा मोहोर लगाएको स्थानीय पोल एजेन्टले जानकारी गराएका थिए । मतदान अधिकृत सिंह स्थानीयबासी हुन् । उनको घर परिवार कांग्रेस पार्टी समर्थक छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७