गोरखा ताराखसे मतदान केन्द्रमा गोली चल्यो, निर्वाचन कर्मचारी घाइते


३० बैशाख २०७९, शुक्रबार
thapa1652442323

गोरखा । स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका-२ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि) मा गोली चलेको छ ।

मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवादले उग्ररुप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले गोली चलाएको जनाइएको छ । निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनकाअनुसार ५५ प्रतिशत मत खसेको र करिब ८० जना लाइनमा रहेको अवस्थामा गोली चलेको हो ।

२२ वर्षीया मनिषा थापालाई गोली लागेको छ । थापा निर्वाचन गराउन खटिएकी कर्मचारी हुन् । उनको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ । घाइते थापालाई एम्बुलेन्स मगाएर अस्पताल लगिएको छ । मतदान केन्द्र तनावग्रस्त मतदान सकिन आधा घण्टा बाँकी रहँदा मतदान रोकिएको छ । घटनास्थलमा नेपाली सेनाको सहित थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७