साल्पासिलिछो–२ मा नेकपा (एमाले)को गणेश खत्रीकाे प्यानलै फराकिलो मतान्तरले बिजयी


३१ बैशाख २०७९, शनिबार
ganesh khatri salpasilichho

भोजपुर, ३१ बैशाख । साल्पासिलिछो गाउँपालिकाको वडा नं. २ नेकपा (एमाले)को गणेश खत्रीकाे प्यानल नै फराकिलो मतान्तरले विजयी भएका छन् । शनिबार बेलुका सम्पन्न भएको वडा नं. २ को मतगणना अनुसार उनले निकटत्तम प्रतिद्धन्द्धी (माओवादी केन्द्र)का दलबहादुर गिरीलाई १९० मत अन्तरले पराजित गरेको हो ।

८४० मत खसेको २ नम्बर वडामा उनले ४४२ मत ल्याए भने माओवादी केन्द्रक गिरीले २५२ मत ल्याए । यसैगरी नेपाली कांग्रेसका विदुर कार्कीले १२१ मत ल्याए ।

यस्तै वडा सदस्यहरुमा नेकपा (एमाले)को सर्मिष्ठा सुन्दास, गीता सुन्दास, मोहनलाल गुरुङ र डिग बहादुर राई विजयी भएका छन् ।

साल्पासिलिछो वडा नं. १ र २ को मतगणना सकिँदा नेकपा एमालेको शान्ति बहादुर अधिकारीले अग्रता लिएका छन् । उनले ५५८ मत प्राप्त गरे । यसैगरी स्वतन्त्र गठबन्धनका दौलत कुलुङले ४९४ र नेपाली कांग्रेसको महेश राईले ४६० मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)को रिता घलेले फराकिलो अन्तर अग्रता कायम गरेकी छिन् । उनले ८४८ मत ल्याउँदा उनको निकटत्तम प्रतिद्धन्द्धी अस्मिता कुलुङ राईले ३६८ र माओवादी केन्द्रका जलवती राईले २८९ मत प्राप्त गरेकी छिन् ।

वडा नम्बर २ को अन्तिम मत परिणाम
खसेको मत (८४०)

अध्यक्ष
नेकपा (एमाले) (शान्तिबहादुर अधिकारी) : ४०८
नेपाली कांग्रेस (महेश राई) : १५०
स्वतन्त्र (दौलथ राई) : २११

उपाध्यक्ष
नेकपा एमाले (रिता घले) : ४९८
नेपाली कांग्रेस(अस्मिता कुलुङ राई) : ८४
नेकपा (माओवादी केन्द्र) (जलवती राई) : २०४

वडाध्यक्ष
नेकपा एमाले (गणेश खत्री) : ४४२ विजयी
माके (दलबहादुर गिरी) : २५२
नेपाली कांग्रेस (विदुर कार्की) : १२१

सदस्यहरु
सर्मिष्ठा सुन्दास विजयी
गीता सुन्दास विजयी
मोहनलाल गुरुङ विजयी
डिग बहादुर राई विजयी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७