भोजपुर साल्पासिलिछो –३ मा कांग्रेसको विनोद राई विजयी

अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै


१ जेष्ठ २०७९, आईतवार
binod rai

भोजपुर, १ जेठ । साल्पासिलिछो गाउँपालिका वडा नं. ३ नेपाली कांग्रेसको विनोद राई विजयी भएका छन् । आइतबार राति सम्पन्न भएकाे ३ नम्बर वडाको मतगणना अनुसार उनले ४४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्द्धी नेकपा (एमाले)का दिलकुमार राईले ३२० मत ल्याए ।

यस्तै माओवादी केन्द्रका महेश राईले १६८ र राप्रपाका रामसिंह घलेले ३५ मत प्राप्त गरे ।

यस्तै वडा सदस्यहरुमा नेकपा (एमाले)बाट महिला वडा सदस्यमा प्रमिला घले (४२४)ले नेपाली कांग्रेसका जयकला राई (३५५) राईलाई पछि पार्दे विजयी भइन् । भने दलित महिला वडा सदस्य नेकपा एमालेकै कमला विश्वकर्मा (३९८ )ले माओवादी केन्द्रका रेविका वि.क (३८८)लाई पराजित गरिन् ।

यसैगरी खुला वडा सदस्यमा नेपाली कांग्रेस ईश्वर कार्की (३८३) र सुरज राई(४१५) विजयी भए । उनीहरुको निकटत्तम प्रतिद्धन्द्धी नेकपा एमालेका बसन्त राईले ३५८ मत र मचिन्द्र बहादुर तामाङले ३३१ मत ल्याए ।

वडा नम्बर १ मा नेपाली कांग्रेसको गणेश बुढाथोकी र वडा नम्बर २ गणेश खत्री विजयी भएका छन् ।

अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै

साल्पासिलिछो गाउँपालिका वडा नं. १, २ र ३ को मतगणना सकिँदा नेकपा (एमाले)को अध्यक्ष र उपाध्यक्ष उम्मेद्धारले नै अग्रता जारी राखेको छ । अध्यक्षमा शान्ति अधिकारीले ३८५ मतले अग्रता लिएका छन् । उनले ११५० मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसको महेश राईले ७६५ र स्वतन्त्र गठबन्धनका दौलथ कुलुङले ५७३ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)को रिता घलेले फराकिलो अन्तर अग्रता कायम गरेकी छिन् । उनले १३९९ मत ल्याउँदा उनको निकटत्तम प्रतिद्धन्द्धी अस्मिता कुुलुङ राईले ७६५ र माओवादी केन्द्रका जलवती राईले ५७३ मत प्राप्त गरेकी छिन् ।

वडा नम्बर ३ (१०४९) अन्तिम मत परिणाम

अध्यक्ष

नेकपा (एमाले) (शान्तिबहादुर अधिकारी) : ११५०
नेपाली कांग्रेस (महेश राई) : ७६५
स्वतन्त्र (दौलथ राई) : ५७३
उपाध्यक्ष
नेकपा एमाले (रिता घले) : १३९९
नेपाली कांग्रेस(अस्मिता कुलुङ राई) :६९५
नेकपा (माओवादी केन्द्र) (जलवती राई) : ४४७
––
वडा नम्बर ३ (खसेकाे मत १०४९)
अध्यक्ष
नेकपा (एमाले) (शान्तिबहादुर अधिकारी) : ५९२
नेपाली कांग्रेस (महेश राई) : ३०५
स्वतन्त्र (दौलथ राई) : ७९
नेशनल मंगोल अर्गानाइजेसन : ९

उपाध्यक्ष
नेकपा एमाले (रिता घले) : ५५१
नेपाली कांग्रेस(अस्मिता कुलुङ राई) : ३२७
नेकपा (माओवादी केन्द्र) (जलवती राई) : १५८

वडाध्यक्ष
नेकपा एमाले (दिलकुमार राई) : ३२०
नेपाली कांग्रेस (विनोद राई) : ४४८ विजयी
माओवादी केन्द्र (महेश राई) : १६८
राप्रपा (रामसिंह घले) : ३५
महिला वडा सदस्य
नेकपा एमाले (प्रमिला घले) : ४२४ विजयी
नेपाली कांग्रेस (जयकला राई) : ३५५
माओवादी केन्द्र (मनिषा राई) : १२२

दलित महिला वडा सदस्य
नेकपा एमाले (कमला विश्वकर्मा) : ३९८ विजयी
नेपाली कांग्रेस (मैया दर्जी) : १०९
माओवादी केन्द्र (रेविका वि.क) : ३८८

खुल्ला वडा सदस्य
एक चिह्रन
नेकपा एमाले (बसन्त राई) : ३५८
नेपाली कांग्रेस (ईश्वर कार्की) : ३८३ विजयी
माओवादी केन्द्र (गोपिलाल गुरुङ) : १४२

दुई चिहन

नेकपा एमाले (मचिन्द्र बहादुर तामाङ) : ३३१
नेपाली कांग्रेस (सुरज राई) : ४१५ विजयी
माओवादी केन्द्र (मछिन्द्र राई) : १५६

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७