सीके राउतको पालिकामा लोसपा विजयी, जनमत पार्टी चौथो


५ जेष्ठ २०७९, बिहीबार
ck raut

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको गृह पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विजय हासिल गरेको छ । राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिकामा लोसपाले अध्यक्ष र उपाध्यक्ष जितेको हो ।

लोसपाका उम्मेदवार सुनिलकुमार मण्डल ४,५७० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपककुमार यादवले २,२०५ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो नम्बरमा जसपाका शिवनन्दन यादव १,७४२ मत र चौथो नम्बरमा रहेका जनमत पार्टीका उम्मेदवार जगनाथ मण्डलले १,३४१ मत प्राप्त गरे ।

गाउँपालिकाको उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव ३,८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुष्माकुमार मण्डलले २,२५३ मत ल्याएकी छन् । जसपाकी राखीकुमारी यादव १,६९४ मत र जनमतकी ललिताकुमारी मण्डलले १,५८५ मत मात्र प्राप्त गरेकी छन् । अहिलेसम्म जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा मात्रै प्रमुख जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७