दोलखाको सात पालिकाको मत परिणाम : एमाले, माओवादी, कांग्रेस दुई/दुई र नेकपा एस एकमा निर्वाचित


५ जेष्ठ २०७९, बिहीबार
DipakBohara Tulsipur RSS 04 matganana

दोलखा । दोलखामा नौ स्थानीय तहमध्ये हालसम्म सात वटा स्थानीय तहको मतगणना सकिएको छ । दुई नगरपालिका सात गाउँपालिका र ७३ वटा वडाका लागि भएको निर्वाचनमा हालसम्म एक नगरपालिका र छवटा गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ ।

जिल्लाको धेरै मतदाता रहेको भीमेश्वर नगरपालिका र बिगु गाउँपालिकाको मतगणना भइरहेको र अन्तिम परिणाम आउन बाँकी रहेको छ । हालसम्म मतगणना सम्पन्न भइसकेका स्थानीय तहमध्ये नेकपा (एकीकृत समाजवादी) ले एक गाउँपालिका तथा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले) ले दुई/दुई स्थानीय तहमा गाउँपालिका प्रमुख जितेका छन् ।

एमालेले हालसम्म जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख तथा उपप्रमुख दुवै पद र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले बैतेश्वर गाउँपालिका प्रमुख तथा उपप्रमुख, कालिन्चोक गाउँपालिकामा प्रमुख र तामाकोसी गाउँपालिकामा उपप्रमुख जितेको छ ।

नेकपा माओवादीले शैलुङ गाउँपालिका र गौरीशङ्कर गाउँपालिकामा प्रमुख तथा कालिन्चोक गाउँपालिकामा उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले हालसम्म तामाकोसी गाउँपालिका प्रमुखमा मात्र जितेको छ । जिल्लाको भीमेश्वर नगरपालिका र बिगु गाउँपालिकाको समेत मतगणना अन्तिम चरणमा पुगेको छ । नौवटा वडा रहेको भीमेश्वर नगरपालिकामा सातवटा वडाको मतगणना सकिएको छ भने दुईवटा वडाको मतगणना गर्न बाँकी छ । त्यस्तै बिगु गाउँपालिकामा समेत छवटा वडाको मतगणना सकिएको र दुईवटा वडाको मतगणना गर्न बाँकी छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७