काठमाडौंमा ८४ हजार ७९१ मत गणना : बालेनको अग्रता कायमै


७ जेष्ठ २०७९, शनिबार
Balen Shah keshav esthapit and srijana singh

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ३१ हजार ४५९ मत प्राप्त गरेका छन् ।

८४ हजार ७९१ मतगणना हुँदा बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १६ हजार ६९१ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १६ हजार ४८२ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ गरी १० वडाको मतगणना सकिएको छ । यीमध्ये १, २, ३, ४, ५ र ३२ नम्बर गरी ६ वटा वडा अध्यक्षमा एमाले र बाँकी वडामा कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७