धरानमा मेयरका स्वतन्त्र उम्मेदवार राई दुई हजार बढी मतले अगाडि


७ जेष्ठ २०७९, शनिबार
harka

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् । शनिबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार उनले १३ हजार ६३१ मत पाएका छन् । उनी कांग्रेसका उम्मेदवारभन्दा २ हजार ६४ मतले र एमालेका उम्मेदवार भन्दा ४ हजार १८८ मत अन्तरले अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार ४४३ मत परेको छ ।

यसैगरी उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाको अग्रता छ । बेघाले १३ हजार ६६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १२ हजार ७५४ मत पाएका छन् । अहिलेसम्म ४३ हजार ५२२ मत गणना भइसकेको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२,१ ४, १८ र १९ को मत गणना सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७