डोटी बस दुर्घटना : पाँचको अवस्था जटिल, एक बालक बेपत्ता


७ जेष्ठ २०७९, शनिबार
Doti accident ZQS2mmBzRv

डोटी । डोटीमा आज बिहान बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने एक बालक बेपत्ता छन् । घाइतेमध्ये ५ जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

दुर्घटनमा अछामको चौरपाटी गाउँपालिका-६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका-१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको हो । अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७