रोमाले जित्यो युरोपा कन्फरेन्स लिग


१२ जेष्ठ २०७९, बिहीबार
roma cup

काठमाडौं । एएस रोमाले बुधबार फायनउडलाई हराएर पहिलो संस्करणको युरोपा कन्फरेन्स लिग जितेको छ । प्रशिक्षक जोसे मोउरिन्होले क्लब सम्हालेको पहिलो सिजनमै रोमाले उपाधि जितेको हो ।

खेलको एक मात्र गोल निकोलो जानिलोले ३२ औं मिनेटमा गरे र यो जितपछि पोर्चुगाली प्रशिक्षक मोउरिन्हाले निकै भावनात्मक देखिए । उनी युरोपेली फुटबलका सबै उपाधि जित्ने पहिलो प्रशिक्षक पनि बनेका छन् ।

उनले यसअघि युरोपेली च्याम्पियन्स लिग, युरोपा लिग र यूईएफकप जितिसकेका छन् । युरोपा कन्फरेन्स लिग युरोपेली क्लब फुटबलको तेस्रो वरीयताको प्रतियोगिता हो र यो यही सिजनबाट शुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७