मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


१४ जेष्ठ २०७९, शनिबार
kuhiro

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

यहि वायुको प्रभावका कारण आज (शनिबार) देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

आज प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने मौसमविदले जानकारी दिएका छन् । प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आइतबार पनि प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७