रुखबाट लडेर एकको मृत्यु


१४ जेष्ठ २०७९, शनिबार
death

रोल्पा । रोल्पामा रुखबाट लडेर एक किशोरको ज्यान गएको छ । जिल्लाको गंगादेव गाउँपालिका-५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो ।

शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्दै गरेका वली एक्कासी लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थम्मन जिसीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७