भारतमा फेरि बढ्दै कोरोना, २४ घण्टामा ३३ जनाको मृत्यु


१४ जेष्ठ २०७९, शनिबार
korona india 1

नयाँदिल्ली । भारतमा पछिल्ला दिन फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनो भाइरसका २,६८५ नयाँ संक्रमित फेला परेका छन् ।

यही अवधिमा २,१५८ जना संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ । ३३ जनाले भने ज्यान गुमाएका छन् । अहिले भारतमा १६ हजार ३ सय भन्दा धेरै सक्रिय संक्रमित छन् । पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७