वर्तमान सरकारले दीर्घकालीन योजना ल्याउन जाँगर देखाएन : गोकर्ण विष्ट


१४ जेष्ठ २०७९, शनिबार
Gokarna Bista scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालीन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको बताएका छन् ।

प्रतिनिधिसभाको आज (शनिबार) को बैठकमा बोल्दै विष्टले वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालीन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको आरोप लगाएका हुन् ।

‘यो चुनावी सरकार हो । अबको ५/६ महिनामा अर्को सरकार आइहाल्छ कि भनेर हुनसक्छ,’ उनले भने, ‘त्यहीकारण, सरकारले नीति तथा कार्यक्रममा नयाँ योजना समेट्न सकेको छैन ।’ देशको अर्थतन्त्रले सामाना गरिरहेको संकटको सामना गर्ने गरी नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ ।

‘सरकारले जनसंख्याको लाभ देशमै लिनेगरी नीति तथा कार्यक्रम ल्याउनुपथ्र्यो’, विष्टले भने, ‘तर, त्यसरी नीति तथा कार्यक्रम सरकारले ल्याएको देखिएन ।’ सरकारले युवाहरूलाई देशमै स्वरोजगार बनाउने र यही राख्ने गरी योजना नल्याएको उनले गुनासो पोखे ।


देशका प्रतिभाशाली युवाहरू विकसित देशतर्फ र मध्यमस्तरका युवाहरू अरबी देशहरुमा गइरहेको उनले बताए । जसले गर्दा नेपाली श्रम प्रयोग गरेर अरबका मुरुभूमिहरू विकसित भूमिमा परिवर्तन भइरहेका छन् । तर, ती युवालाई स्वदेशी आकर्षित गरेर देश विकास गर्ने योजनामा सरकार गम्भिर नबनेको उनले आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७