प्रदीप ज्ञवालीको प्रश्न : बूढीगण्डकी हिजो के देखेर चीनलाई दिने भन्यौँ, आज के पाएनौँ र नदिने ?


१९ जेष्ठ २०७९, बिहीबार
pradip gyawali scaled

काठमाडौं : काठमाडौं । नेकपा (एमाले) उपमहासचिव तथा का सांसद प्रदीप ज्ञवालीले ठूला योजनाहरूलाई राजनीतिक ध्येय साँध्नका लागि नगिजोल्न पनि सरकार र सत्तारुढ दलका नेताहरूलाई सुझाव दिएका छन् । बूढीगण्डकी पहिले चीनलाई दिने भनेर सम्झौता गरिएको र अहिले के नपाएर नदिने भनेको भन्दै उनले प्रश्न गरे, ‘बूढीगण्डकी हिजो के देखेर चीनलाई दिने भन्यौँ, आज के पाएनौँ र नदिने ?’

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘बूढीगण्डकी पहिले चीनलाई दिने भनेर सम्झौता गरिएको र अहिले के नपाएर नदिने भनेको भन्दै प्रश्न समेत गरे । “हिजो के देखर चीनलाई दिने भन्यौँ ? आज के देखेनौँ, के पाएनौँ र नदिने भन्यौँ ?’

ज्ञवालीले एमसीसीजस्तै बुढीगण्डकी आयोजना नगिजोल्न पनि सुझाव दिए । उनले भने, ‘हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी, पछि के देख्नुभयो तपाईंहरुले, सत्ता जान्छ भन्ने ठान्नुभयो के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसीसी पास गर्नुभयो, धन्यवाद भन्छु मैले तर, आज त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ? हामीले त सरकार परिवर्तन होस् तर नीति स्थिर रहनुपर्ने होइन र ? ‘

ज्ञवालीले आर्थिक वर्ष २०७९/८० को बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका दाबी गरे । उनले भने, ‘विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप संकटको पुनरुत्पादन गर्ने हिसाबले आयो यो बजेट, मैले त्यस्तो अपेक्षा गरेको थिएन ।’

नेता ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले थप आर्थिक संकट निम्त्याउने बताए । ज्ञवालीले ८ प्रतिशत आर्थिक वृद्धि गर्न नयाँ एडम स्मिथ खोज्नुपर्ने हो भन्दै प्रश्न गरे । ‘पूँजीगत खर्च घटाउनु भएको छ। २१ प्रतिशत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धिरु यसको लागि त नयाँ एडम स्मित खोज्नु पर्ने हो कि नयाँ मार्क्स खोज्नुपर्ने होरु कि नयाँ पिकेटी खोज्नुपर्ने होरु’, उनले भने, ‘हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यस्तो कुरा कहीँ पनि हुन्छ जस्तो मलाई लाग्दैन।’

ज्ञवालीले यो बजेट कार्यान्वयनमा नजाने समेत जिकिर गरे।  ‘बजेटको कन्टेन्टमा जाँदाखेरी यो कार्यान्वयन हुँदैन,’ उनले भने, ‘यसका यावत् कारणहरू छन्। यो चुनावी वर्ष हो। तपाईँहरू छलफल गरिरहनुभएको छ। मंसिरमा चुनाव हुने नहुनेबारे। मंसिरसम्म तपाईँहरूले पूँजीगत खर्च गर्नसक्ने कुरै भएन । त्यसपछि कुन सरकार आउँछ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७