कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु


२४ जेष्ठ २०७९, मंगलवार
education

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड-१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड-१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जना विद्यार्थीलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको जनाएको हो । मन्त्रालयको वेभ साइटमा ती विद्यार्थीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छ ।

सो सूचीमा रहेका विद्यार्थीले चीन फिर्तीका लागि तोकिएको मार्गदर्शनका आधारमा पुनः प्रवेशाज्ञा प्राप्तिका लागि अविलम्ब निवेदन दिन मन्त्रालयले आह्वान गरेको छ । मन्त्रालयबाट गठन गरिएको कार्यदलको सुझावका आधारमा नेपाल सरकारले अध्ययन निरन्तरता हुने गरी ती विद्यार्थीलाई चीन फर्काउन सहजीकरण गर्ने निणर्य भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७