चीनमा एउटै मदिरालयबाट १६६ जना कोरोना संक्रमित


३० जेष्ठ २०७९, सोमबार
China Corona Infection1655053146

बेइजिङ । चीनमा १६६ वटा कोभिड-१९ संक्रमणका घटना राजधानीस्थित एउटै बार (मदिरालय) सँग सम्बन्धित भएको अधिकारीहरूले बताएका छन् । एक जना सरकारी प्रवक्ताले यो महामारी अत्यन्तै भयावह भएको बताएका छन् ।

अब तीन दिनभित्र सो बार वरपर बस्ने सबै व्यक्तिका स्वास्थ्य परीक्षण गरिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बेइजिङमा संक्रमणको संख्या न्यून छ । तर, ‘शून्य कोभिड’ को नीति अवलम्बन गरिरहेको विश्वको एक प्रमुख अर्थतन्त्र चीनका लागि यो तथ्यांक पनि उच्च नै रहेको छ ।

चाओयाङ जिल्लाको सान्लितुनको लोकप्रिय मनोरञ्जन क्षेत्रमा रहेको ‘द हेभेन सुपरमार्केट बार’ बाट सो संख्यामा कोरोना संक्रमण भएको हो ।

कोरोना पोजिटिभको घटना सार्वजनिक हुनासाथै आइतबार सयौं व्यक्ति बस्ने गरेका चाओयाङका दुई वटा भवनमा कडा लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । केही दिन अघि मात्र बेइजिङ कोरोनासम्बन्धी केही नियम सहज बनाइएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७