अर्को वर्षबाट रासायनिक मलको समस्या हुँदैन : कृषिमन्त्री

‘झोल युरिया मल आजदेखि बजारमा गएको छ, एक लिटरले एक बिघा जमिनलाई पुग्छ’


३१ जेष्ठ २०७९, मंगलवार
Mahendra narayan yadav scaled

काठमाडौँ । कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले आउँदो बर्षदेखि नेपालमा मलखाद्यको समस्या नहुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कोभिड-१९ तथा युक्रेन रुस युद्धका कारण मल उत्पादनमा कमी भएकाले समस्या भएको जानकारी गराए ।

उनले अर्को बर्षदेखि भारतले पर्याप्त मल दिने प्रतिबद्धता जनाएकाले समस्या नहुने दावी गरे । असार १५ गतेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनबाट टेण्डर भएको डिएपी र युरिया मल आउँने र ५२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको जानकारी गराएका छन् । उनले हाल १४ हजार मेट्रिक टन मल रहेको बताए । युरिया मलको विकल्पको रुपमा झोल युरिया मल विराटनगरमा प्रदेश-१ को कृषि मन्त्रीले उद्घाटन गरेको उनले बताए ।

मन्त्री यादवले भने, ‘झोल युरिया मल आजदेखि बजारमा गएको छ । १ लिटरको ८ सय रुपैयाँ पर्छ । एक बिघा जमिनलाई त्यसले नाइट्रोजन दिन्छ । हामीले १ बोरा मल प्रयोग गर्ने ठाउँमा १ लिटर मलले पुग्छ । सो मल भारत सरकारले ५ लाख दिने निणर्य छ । असार मसान्तसम्म भारतबाट ८० लाख मेट्रिक टन एक चरणमा आउँछ । दोश्रो चरणमा यसै बर्षमा डेढ लाख मेट्रिक टन आउँछ ।’

कोभिड-१९ का कारण धेरै देशमा मल उत्पादन कम भएको र रसिया-युक्रेनको युद्ध रहेको बताए । प्रत्येक बर्ष भारतले ५ लाख मेट्रिक टन मल दिने प्रतिबद्धता जनाएकाले अर्को बर्षदेखि मलको समस्या नहुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका बेलापनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको बताउँदै प्रधानमन्त्रीको निर्देशनमा आफू मल ल्याउनका लागि भारत गएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७