चार कारणले चुनावमा सोंचे जस्तो परिणाम आउन नसकेको नेकपा एसको विश्लेषण


३१ जेष्ठ २०७९, मंगलवार
35 Shares
samajbadi 1

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा सोचे जस्तो परिणाम नआउनुका चार कारण पहिचान गरेको छ ।

आज (मंगलबार) देखि शुरु भएको स्थायी कमिटी बैठकमा समीक्षात्मक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले चुनावको समीक्षात्मक विश्लेषण सुनाएका हुन् । संगठन सुदुढीकरण हुन नसक्नु, गठबन्धनको कारण सबै पार्टीपंक्ति क्रियाशील हुन नसक्नु, गठबन्धन भरपर्दो नहुनु र धेरै मत बदर हुनुले सोंचे जस्तो परिणाम हात पार्न नसकिएको निष्कर्ष एकीकृत समाजवादीले निकालेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘स्थानीय चुनावमा सोचे जस्तो नतिजा नआउनुमा हाम्रो संगठन सुदृढीकरण भइसकेको थिएन,’ अध्यक्ष नेपालले बैठकमा भने, ‘संगठन बने पनि सबैतिर राम्रोसँग हाम्रो एजेण्डा पुर्‍याउन सकेका थिएनौं ।’ अध्यक्ष नेपालले गठबन्धन भनेकाले नेता र कार्यकर्ताले व्यक्तिगत रुपमा सक्रियता देखाउन नसकेको पनि विश्लेषण गरेका छन् । उनले बैठकमा भने, ‘सबै पार्टी पंक्ति गठबन्धनको भर परेर बस्यो, आफ्नै तयारीमा लागेन । गठबन्धनको मात्र भर गर्दा धोका पाइयो ।’

एकीकृत समाजवादीले गठबन्धन भरपर्दो हुन नसकेको जनाएको छ । पहिलो पटक स्थानीय तहको समीक्षा गरेको समाजवादीले मुख्यगरी कांग्रेस र माओवादी केन्द्रबाट भरपर्दो साथ नपाएको जनाएको छ । ‘गठबन्धन भरपर्दो भएन, हामीले धेरै विश्वास गर्यौं तर त्यही प्रतिफल पाएनौं,’ अध्यक्ष नेपालको विश्लेषण सुनाउँदै कर्णाली प्रदेशका इन्चार्ज तथा स्थायी कमिटी सदस्य प्रकाश ज्वालाले सुनाए । चौथो कारणमा मत बदर भएकाले कमजोर नतिजा आएको नेकपा एकीकृतको ठहर छ ।

jagdamba.cement
rbbbb

मंगलबार शुरु भएको बैठकमा ७ प्रदेशका इञ्चार्जहरुले चुनावको रिपोर्टिङ गरेका थिए । अध्यक्ष नेपालले समीक्षात्मक राजनीतिक प्रतिवेदन पेश गर्दै धारणा राखेका थिए भने सम्मानित नेता झलनाथ खनाल पनि बोलेका थिए । कणर्ाली प्रदेशबाट रिपोर्टिङ गर्दै इञ्चार्ज ज्वालाले कणर्ालीमा संगठन मजबुत रहे पनि गठबन्धनकै कारण कम स्थानीय तह जित्न सकेको सुनाए । बैठकले समसामयिक विषय, चुनावी समीक्षा र आगामी चुनावको रणनीति गरी मुख्य तीनवटा एजेण्डा तय गरेको छ । बैठक बुधबार ११ बजे फेरि बस्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७