‘गुण्डा नाइके’ भेट्न जेल पुगेका डीएसपी केसी छानविनमा

काठमाडौँ । कर्तव्य ज्यान कसुरमा कारागारमा रहेका कैदीलाई भेटेको भन्दै प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी मिलन केसीमाथि छानविन थालिएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरले एसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या कसुरमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका ‘गुण्डा नाइके’ समिरमानसिंह बस्न्यातलाई आतइबार भेटेको भन्दै डीएसपी केसीमाथि छानविन गर्न मंगलबार समिति गठन गरिएको हो ।
समितिको संयोजकत्वको जिम्मेवारी पाएका काठमाडौं प्रहरी प्रवक्ता एसपी मैनालीले डीएसपी केसीमाथि अनुसन्धान भइरहेको बताए । केसीले जानकारी नगराएरै कैदी भेटेपछि प्रहरीले छानविन थालेको हो ।