बागमती प्रदेश सरकारकाे बजेट ७० अर्ब ९३ करोड, कृषिलाई प्राथमिकता (पूर्णपाठ)


१ असार २०७९, बुधबार
shalikram jamkatel bagmati mantri Qmb4ryfmBg

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आउँदो आर्थिक वर्षका लागि १३ अर्ब बढीको बजेट ल्याएको छ ।

आउँदो आर्थिक वर्षको लागि बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले ७० अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन भएकोमा यस वर्ष १३ अर्बले बजेटको आकार बढेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन भएको ७० अर्ब ९३ करोड रुपैयाँमध्ये चालूतर्फ १९ अर्ब २ करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेको हो ।

चालू आवका लागि भने कुल विनियोजनमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा कर राजस्वबाट २६ अर्ब ५७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड र चालू आर्थिक वर्षको सञ्चित कोषको बचतबाट १६ अर्ब व्यहोरिने आर्थिक मामिलामन्त्री जम्कटेलले बताएका हुन् ।
मुख्य प्राथमिकतामा कृषि
आउँदोृसरण् आर्थिक वर्षमा बागमती प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा वास्तविक किसानलाई सहयोग दिने गरी घुम्ती कोष स्थापना गरी निर्ब्याजी पैसा दिने घोषणा आर्थिक मामिलामन्त्री जम्कटेलले गरेका हुन् ।

त्यसको लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा उल्लेख गरेअनुसार कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिइने उल्लेख छ ।

त्यस्तै कृषि क्षेत्रको लागि चिस्यान केन्द्र कृषि बजार व्यवस्थापनको काम समेत गर्ने उल्लेख गरेको छ । ५० रोपनी जग्गामा तरकारी खेती गर्नेको लागि उपकरण र चिस्यानको व्यवस्थाा गर्ने समेत उल्लेख गरेको छ । पर्यटन क्षेत्रमा भने साहसिक पर्यटन, घुमफिर वर्ष समेत मनाउने उल्लेख छ ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७