प्रियंका जोशी बनिन् यस वर्षको ‘मिस नेपाल’


४ असार २०७९, शनिबार
Pro KTM MissNepalee1 scaled

काठमाडौँ । प्रियंका जोशी यस वर्ष (सन् २०२२) को मिस नेपाल बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएका छन् ।

२४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।

द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा नीति शाहसहितका ११ जना निणर्ायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिक रुपमै सम्पन्न भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७