गगन थापा लक्षित झलनाथको प्रश्न : चार पाटा मुडियोस् भन्ने विद्वान अहिले कहाँ छन् ?


१३ असार २०७९, सोमबार
Jhalanath Gagan

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयमा ललितपुरको जावलाखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले अमेरिकी सेना नेपालमा आयो भने ‘चार पाटा मुडेर निकाल्नु’ भन्नेहरु कहाँ छन् ?’ भन्दै प्रश्न गरेका छ छन् । प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुँदा थापाले ‘अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस्’ भनेका थिए ।

थापाको त्यही भनाइलाई लक्षित गर्दै नेता खनालले भने, ‘एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भन्दा त्यस्तो कहाँ लेखेको छ भनेर कतिपयले भाषण गरे, कतिपयले मलाई चार पाटा मुडेर शहरबाट निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्ने विद्वान कहाँ छन् ?’ उनले यो विषय संसदमा पुगेर सोध्न बाँकी रहेको पनि बताएका छन् । उनले आफूहरुको सुझबुझका कारण एसपीपी रोकिएको पनि दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७