स्थानीय निर्वाचनमा अन्तरघात : एमाले कैलालीको अध्यक्षबाट थापा निष्काशित


१४ असार २०७९, मंगलवार
thapa V7tQ9tWid3

सुदूरपश्चिम । नेकपा एमालेले पार्टीका कैलाली अध्यक्ष रतन थापालाई निष्काशन गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उनलाई अध्यक्ष पदबाट निष्काशन गरिएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनको साधारण सदस्य भने कायमै रहने भएको छ ।

प्राप्त सिफारिस, प्रमाण तथा दस्तावेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासन उल्लंघन गरेको बैठकले ठहर गरेको पाठकले जानकारी दिए । पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिस तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको उनको भनाइ छ ।

पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भीर प्रकृतिको अनुशासनको उल्लंघन भएको बैठकले ठहर गरेको छ । अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

उनले रिक्त पदमा पार्टी विधानको धारा ६८ को २ बमोजिम बहालवाला उपाध्यक्षलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिएर पार्टी कामलाई अगारि बढाउन कैलाली जिल्ला कमिटीलाई निर्देशन गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार साउन १५ गतेभित्र जिल्ला अधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गरि जिल्ला अध्यक्ष चयन गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७