प्लटिङ सिस्टमले कहाँ बस्ती, कहाँ खेती भन्ने नै गोलमाल भयो : ओली


१५ असार २०७९, बुधबार
kp oli

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूबनोटअनुसार उपयुक्त धानबालीमा जोड दिनुपर्ने बताएका छन् । उनले धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका छन् ।

१९ औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा बोल्दै ओलीले प्लटिङ सिस्टमले गर्दा नेपालको खेतीपातीमा समस्या उत्पन्न भएको बताए । उनले भने, ‘प्लटिङ सिस्टमले गर्दा जथाभावी बस्ती बसालिएको छ, कहाँ बस्ती, कहाँ खेती भन्ने गोलमाल भइराखेको छ ।’

ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताए । यो स्थिति हाम्रै लापरबाहीका कारण आएको उनको भनाइ छ । उनले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्न चुनौती भइरहेको बताए ।

नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त रहेको ओलीले बताएका छन् । यो सबै भू-भाग र वातावरणलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७