भारतले आज धौलीगंगाको बाँध खोल्दै, महाकाली किनारमा सतर्कता अपनाउन आग्रह


१६ असार २०७९, बिहीबार
mahakali pool 2 LSz5TaO4Fs

काठमाडौँ । भारतले आज (बिहीबार) धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । ड्याम साइटमा ‘सिल्ट फ्लसिङ्ग’ गर्नका लागि बाँधको ढोका खोलिने भारतले नेपाली प्रशासनलाई जानकारी गराएको छ ।

धौलीगंगा जलविद्युत पावर स्टेसनले बिहीबार (असार १६ गते) विहान ५ बजेदेखि साँझ ८ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो । धौलीगंगाको बाँध खुल्ने भएसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यता ‘नेपाल बाढी सूचना’ले बुधकार साँझ सूचना प्रकाशित गरी भनेको छ, ‘महाकाली जलाधारका केही स्थानमा आज राति भारी वर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान रहेको र स्लाइट फ्लसिङ गर्दा एक्कासी बहाव बढ्न सक्ने, तटीय क्षेत्रमा भोलि विहान ५ बजेदेखि सतर्कता अपनाऔं ।’

dhauliganga kuKffZUUUj

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७