बागमतीमा मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीको हस्ताक्षर संकलन


१६ असार २०७९, बिहीबार
rajendra pandey

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेविरुद्ध हस्ताक्षर संकलन शुरु भएको छ । गत ७ असोजमा भएको सहमति अनुसार पाण्डेले मुख्यमन्त्रीबाट हट्न नमानेपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले हस्ताक्षर संकलन थालेका हुन् ।

आवश्यक परेको खण्डमा प्रयोग गर्ने गरी हस्ताक्षर संकलन शुरु भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेले आधा कार्यकाल र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले आधा कार्यकाल चलाउने गरी सहमति भएको थियो ।

बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज पास गरेको छ । यसअघि बजेट पास हुनेबित्तिकै मुख्यमन्त्री परिवर्तन हुने नेताहरुले बताएका थिए । ११ कात्तिक ०७८ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले करिब ८ महिना सरकार चलाइसकेका छन् । सरकारले आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी अघि बढाइरहँदा अब करीब पाँच महिना कार्यकाल बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७