विनोद शाही मृत्यु प्रकरण : हत्या आरोपमा पञ्चदेवल विनायककी मेयर पक्राउ

आरोपितलाई पक्राउ नगरिएको भन्दै पाँच दलले गरे यातायात बन्द


१९ असार २०७९, आईतवार
aakha

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर विनोद शाही हत्याकाण्डमा संलग्न भएको आरोपमा सोही नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् ।

विनोद जेठ २१ गते बिहान १० बजेतिर गाउँ नजिकैको भिरमा शाही मृत भेटिएका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

किटानी जाहेरीमा नाम भभएका पाँच जना यसअघि नै पक्राउ परिसकेका छन् । मेयर चलाउनेको नाममा पनि किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् । उनले भने, ‘मेयर चलाउने बोलाएपछि आफैं आउनु भएको हो, उहाँसँगै किटानी जाहेरीमा नाम भएका नेत्र शाहीलाई पनि पक्राउ गरिएको छ’ डिएसपी डाँगीले भने ।

जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ ।
आरोपितलाई पक्राउ नगरिएको भन्दै पाँच दलले गरे यातायात बन्द
यसैबीच अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज (आइतबार) अछाममा सवारीसाधन बन्द गराएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । उनीहरुले आइतबार र सोमबार दुई दिन सवारी साधन बन्द गर्ने बताएका छन् ।
शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ति नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूणर् रुपमा बन्द गर्न बाध्य भएको पाँच दलले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

संयुक्त प्रेस विज्ञप्ती नेकपा एमालेका जिल्ला कमिटी सचिव भीम रावल, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका आमन्त्रित प्रदेश सदस्य शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य बम रावल, राप्रपाका जिल्ला कमिटी सदस्य दीपक विष्ट र विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७